हिमालय ऊर्जाको नाफा बढेपछि प्रतिशेयर आम्दानी ४३ पैसा

0
Shares

हिमालय ऊर्जा विकास कम्पनीले गत आर्थिक वर्षमा ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आवमा कम्पनी ६ लाख ६३ हजार नोक्सानमा थियो।  विद्युत उत्पादन सुरु भइ नसकेको कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी बढेपछि नाफा बढेकोे हो । असार मसान्तसम्ममा अन्य स्रोतबाट ६६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

हाइड्रोपावरको खर्च १५ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ। यस अवधिमा कम्पनीले ५१ लाख ३५ हाजार संचालन नाफा गरेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले अन्य स्रोतबाट १९ लाख ५३ हजार रुपैयाँमात्रै आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ भने जगेडा कोषमा ८५ लाख ३५ हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो आर्थिक वर्ष यस्तो कोष १ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी सुधारिएर ४३ पैसा कायम छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ०७ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९९ रुपैयाँ १४ पैसा छ । कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात २००.७६ गुणा छ।