हिमालयन बैंकका शेयरधनीलाई लाभांश संकलन गर्न अनुरोध

0
Shares

हिमालयन बैंक लिमिटेड (H|BL) ले आर्थिक वर्ष २०५०/५१ देखि ०७१/७२ सम्म वितरण गरेको लाभांश संकलन गर्न अनुरोध गरेको छ। बैंकले आफ्ना शेयरधनीहरुलाई विगतका २२ वर्ष अवधिमा वितरण गरेको लाभांश संकलन गर्न बैंकले भनेको हो।

हालसम्म पनि लाभांश पूर्जा र बोनस शेयर प्राप्त गर्न नसकेका शेयरधनीहरूलाई बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमा सम्पर्क गरी एक महिना भित्र लाभांश संकलन गरिसक्न आग्रह गरेको छ।

पुराना लाभांश हालसम्म पनि संकलन नगरेका शेयरधनीहरुले तोकिएको समयभित्र संकलन नगरे उक्त रकम स्वत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था छ । तसर्थ, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हो।

शेयरधनीले बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल त्रिदेवीमार्ग ठमेलमा सम्पर्क गरि लाभांश संकलन गर्न भनेको छ।

साथै बैंकमा चल्ति तथा बचत खाता खोली विगत दश वर्षभन्दा बढी समयसम्म पनि सञ्चालन नगरेका निक्षेपकर्तालाई खाता रहेको सम्बन्धित शाखामा सम्पर्क गरि यथाशीघ्र आफ्नो खाता नियमित गराउन भनेको छ।

बैंकले दश भन्दा बढी समयसम्म निष्कृय रहेका खातासँग सम्बन्धित निक्षेपकर्ता र पाँच वर्ष वा सो भन्दा बढी समयसम्म लाभांश संकलन नगर्ने शेयरधनीकोसूची बैंकको वेवसाइटमा समेत प्रकाशन गरेको जनाएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।