नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ७ वटा कम्पनीको ४ करोड ५३ लाख ५३ हजार ४८९ कित्ता शेयर सूचीकृत भएको छ ।
स्टकका अनुसार ५ कम्पनीको बोनस, एक कम्पनीको आईपीओ तथा एक कम्पनीको एक्विजिशन मार्फत प्राप्त शेयर सूचीकृत भएको हो।
जस अनुसार समिट लघुवित्तको ४ लाख ४३ हजार कित्ता, सोल्टी होटलको १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता, ग्लोबल आईएमई लघुवित्तको ३ लाख ८६ हजार ६ सय १ दशमलव २५ कित्ता, प्रभु इन्स्योरेन्सको ५ लाख ११ हजार ९ सय ८९ कित्ता र एक्सेल डेभलपमेण्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
देव: विकास बैंकलाई एक्वायर गरेपछि प्राप्त २ करोड ९६ लाख ५९ हजार १९० दशमलव २८ कित्ता शेयर कुमारी बैंकको नाममा शेयर सूचीकृत भएको छ । त्यस्तै साधना लघुवित्तको २१ लाख ७७ हजार ८ सय कित्ता साधारण आईपीओ सूचीकृत भएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया