बैंकहरुलाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गराउन राष्ट्र बैंकको सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन भनेको छ ।

कोरोना भाइरसको संत्रास बढेसँगै सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोर-बिजोर प्रणाली लागू गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। ।

साथै बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैंकिङ सेवा प्रवाहलाई निरन्तरता दिन सुझाएको छ । त्यस्तै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिएको छ ।

त्यस्तै प्रादेशिक शाखाहरु न्यूनतम कर्मचारीबाट सेवा संचालन गर्ने वा वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखा पनि आलोपालो संचालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपायहरु अपनाउन पनि अनिवार्य गरेको छ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।