सामुदायिक लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७६/०७७ मा खुद नाफा घटेको विवरण सार्वजनिक गरेको छ । खराब कर्जा उच्चदरले बढेपछि लघुवित्तको नाफामा उच्च गिरावट आएको हो।
लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९८ लाख ३३ हजार रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढे पनि लघुवित्तको खराब कर्जामा आएको उच्च बढोत्तरीले नाफा प्रभावित भएको हो । लघुवित्तको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर ३.५८ प्रतिशत पुगेको छ ।
सम्भावित जोखिम बापतको व्यवस्थामा मात्रै लघुवित्तले २ करोड ३ लाख रुपैयाँ राखेको छ । लघुवित्तको सञ्चालन मुनाफा उच्चदरले घटेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ७२.२० गुणा छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ९९ पैसा छ।
१० करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले ४३ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन तथा ५६ करोड २० लाख रुपैयाँ सापटीबाट १ अर्ब १० करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट लघुवित्तले ८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया