सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालिएका स्वास्थ्य सुरक्षाका अभियानहरु कडाई साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि हालसम्म चालिएका कदमहरूको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ।
त्यस्तै सरकारले सरकारले अन्तरजिल्ला यातायात र हवाई उडानको सेवा भदौ १६ गतेदेखि मात्र सुचारु गर्ने निर्णय गरेको छ । यसअघि सरकारले भदौ १ देखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान एंवम लामो दूरीका यातायात सूचारु गर्ने निर्णय गरेको थियो।
यसैगरी भारतसँग जोडिएका नेपाली सीमाहरुका साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया