एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड हुँदै, नतिजा नोटबजारमा

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर ९आइपिओ० आज बाँडफाँड हुँदैछ । कम्पनीको आईपीओ आवेदन गरेकामध्ये एक लाख बढी आवेदकले शेयर नपाउने देखिएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि बाँडफाँड गरिएको छ।

बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको थियो। उत्त शेयर गोलाप्रथाबाट १० कित्ताका दरले ३ लाख १६ हजार १८ जना लगानीकर्ताले प्राप्त गर्नेछन् भने आईपीओमा आवेदन गर्ने एक लाख १२ हजार बढी आवेदकको हात खाली हुने देखिएको छ ।

आईपीओ बाँडफाँडको नतिजा प्राप्त हुनसाथ लगानीकर्ताले नोटबजार डटकम मार्फत नतिजा हेर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। जुन मागभन्दा ५.२४ गुणा बढी हो ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड नाघ्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ साउन २०७७, मंगलबार  ०८ : ०४ बजे