विगत २४ घण्टामा १० हजार बढीको पीसीआर परीक्षण, ६३८ जनामा कोरोना पुष्टि

0
Shares

विगत २४ घण्टामा नेपालमा ६ सय ३८ जना संक्रमित थपिएका हुन्। १० हजार बढीको पीसीआर परीक्षण गर्दा ६३८ मा संक्रमण पुष्टि भएको हो । हालसम्म ४ लाख ६२ हजार बढीको पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ।

त्यस्तै हालसम्म ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।