समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।
लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये संस्थाका कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता शेयर बिक्रीमा आउनेछ ।
लघुवित्तले कर्मचारीहरुका एक हजार र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुने लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
हाल यो कम्पनीको चुक्ता पूँजी एक करोड १४ लाख रुपैयाँ छ । ८६ लाखको आईपीओ जारी गरेपछि चुक्ता पूँजी २ करोड पुग्नेछ । आईपीओपछि कम्पनीमा संस्थापको ५७ तथा सर्वसाधारणको ४३ प्रतिशत शेयर स्वामित्व रहनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया