महुली लघुवित्तको नाफा जोखिम व्यवस्थापन खर्च बढेपछि ६०% ले घट्यो

0
Shares

गत आर्थिक वर्ष ०७६/०७७ मा महुली लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.१४ प्रतिशतले घटेको हो। 

लघुवित्तले गत आर्थिक वर्षमा २ करोड ८६ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ५ करोड ३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

लकडाउनका कारण बचत संकलन, कर्जा लगानी तथा असुलीमा समेत असर परेको र कम्पनीको खराब कर्जा समेत बढेपछि खुद नाफा घटेको हो। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ४ करोड ३२ लाख २ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा ०.१८ प्रतिशतले बढेर २.०६ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक १६ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ ९५९ रुपैयाँ ५० पैसा छ ।

Particulars  Mahuli Laghubitta Bittiya Sanstha Ltd (Rs in ‘000)
Q4, 2076/2077 Q4,2075/2076 Difference %
Paid-up Capital 122,400.00 122,400.00 0%
Reserves & Surplus 194,002.47 173,663.41 11.71%
Net Profit 20,086.05 50,398.81 -60.15%
EPS (Rs.) 16.41 41.17 -60.14%
Net worth per share (Rs.) 258.49 289.41 -10.68%
Deposits 1,088,158.52 883,491.38 23.17%
Loans & Advances 2,340,552.36 2,063,080.58 13.45%
Net Interest Income 176,805.60 147,336.65 20.00%
Provision for possible losses 43,202.30 10,936.40 295.03%
Operating Profit 35,333.76 63,072.89 -43.98%
P/E Ratio (times) 54.54 22.94 137.75%
NPL (%) 2.06% 1.88% 9.57%

 

असार मसान्तसम्ममा १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ सापटी र १ अर्ब ८ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३४ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको लघुवित्तले १७ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ४० लाख रुपैयाँ सञ्चित छ। महुली र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुँदैछन। यो प्रस्ताव पारित गर्न भदौ ९ गते विशेष सभा राखेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।