युनाइटेड मोदी हाइड्रोको विद्युत उत्पादनमा ह्रास आउँदा उच्चदरले घट्यो नाफा

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्ष ०७६/०७७ मा ५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा ३ करोड ७५ लाख कम हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ३९.४६ प्रतिशतल घटेको हो । अघिल्लो आर्थिक वर्षमा हाइड्रोको नाफा ९ करोड ५० लाख थियो ।

गत असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ३० करोड ११ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आवको यसै अवधिको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी १ करोड ४७ रुपैयाँले घटेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३१ करोड ५९ लाख आम्दानी गरेको थियो ।

लकडाउनका कारण मेसिन मर्मत संभारमा समस्या परेकाले विद्युत उत्पादनमा कमभई विद्युत बिक्री बापतको आम्दानी घटेको कम्पनीको भनाई छ । साथै तत्लो मोदी जलविद्युत आयोजनाको सम्पूर्ण खर्च समायोजन गरेकाले पनि आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख छ।

चुक्ता पूँजी १ अर्ब १५ करोड रहेको यस हाइड्रोपावरको प्रतिशेयर आम्दानी ५ रुपैयाँ छ। कम्पनीको जगेडा कोष ६ करोड ९४ लाख छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ४ पैसा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।