डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) गत आर्थिक वर्ष ०७६/०७७ मा सञ्चालन नोक्सानीमा पुगेको छ। लघुवित्तको सञ्चालन नेक्सानी ७२ करोड १३ लाख रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको सञ्चालन नाफा २३४ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ५३ करोड ७८ लाख सञ्चालन नाफा गरेको थियो। सम्भावित जोखिम वापतको व्यवस्थापनमा उच्च रकम छुट्याउन पर्दा लघुवित्तको सञ्चालन नाफा उच्चदरले घटेको हो ।
लघुवित्तले सम्भावित जोखिम व्यवस्थामा एक अर्ब ३२ करोड रुपैयाँ राखेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले यस्तो व्यवस्था बापत १४ करोड रुपैयाँ मात्र छुट्याएको थियो।
सोहि अवधिमा लघुवित्तले एक अर्ब १८ करोड जोखिम व्यवस्थाबाट फिर्ता समेत गरेको छ। यो शीर्षकमा लघुवित्तको खर्च १४ करोड बढेको हो।
लघुवित्तको खराब कर्जा ०.८४ प्रतिशत बाट बढेर २.४७ प्रतिशत पुगेको छ। जसले गर्दा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा उच्च रकम छुट्याएको हो।
असार मसान्तसम्ममा लघुवित्तले २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जबकी लघुवित्तले गत आवको यसै अवधिमा ४३ करोड २ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो।
ब्याज आम्दानी बढाएपनि लकडाउनका कारण बढेका खराब कर्जा वापतको नोक्सानी व्यवस्था, कर्मचारी र सञ्चालन खर्च वृद्धिले खुद नाफा भने ३६ प्रतिशतले घटेको छ।
चुक्ता पूँजी एक अर्ब ५४ लाख ३३ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३५ पैसामा झरेको छ। गत आवको यसै अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ६२ पैसा रहेको थियो।
लघुवित्तको जगेडा कोषको आकार ७८ करोड २८ लाखबाट बढेर ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको जगेडा कोषको आकार ५ करोड ३ लाख रुपैयाँ बढेको हो। यससँगै लघुवित्तको प्रतिशेयर नेटवर्थ १८२.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१।६६ गुणा कायम भएको छ।
Particulars | Deprosc Laghubitta ( Rs in’000) | ||
Q4 2076/77 | Q4 2075/76 | Difference % | |
Paid Up Capital | 1,005,433.57 | 773,410.44 | 30.00% |
Reserve & Surplus | 833,125.11 | 782,819.92 | 6.43% |
Net Profit | 274,991.40 | 430,206.90 | -36.08% |
EPS (In Rs.) | 27.35 | 55.62 | -50.83% |
Net Worth per Share (In Rs.) | 182.86 | 201.22 | -9.12% |
Deposits | 4,935,167.13 | 3,824,790.76 | 29.03% |
Loans & Advances | 11,549,564.20 | 11,968,148.65 | -3.50% |
Net Interest Income | 959,701.76 | 816,122.08 | 17.59% |
Provision for possible losses | 1,325,619.08 | 22,637.92 | 5755.75% |
Write Back of Provision for Possible Losses | 1,183,254.15 | 138,255.72 | 755.84% |
Operating Profit | -721,376.99 | 537,875.57 | -234.12% |
NPL (%) | 2.47 | 0.84 | 194.05% |
Cost of Fund (%) | 9.93 | 10.08 | -1.49% |
PE Ratio (times) | 31.66 | 12.98 | 143.91% |
असार मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन र ६ अर्ब ५० करोड ६९ लाख विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर ११ अर्ब ५४ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट लघुवित्तले ९५ करोड ९७ लाख खुद ब्याज आम्दानी गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया