रिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाइल बैंकिङ सम्झौता

0
Shares

रिलायन्स फाइनान्सले  मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

सम्झौतामा रिलायन्स् फाइनान्स्का सीईओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशवप्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सीईओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको थियो ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने ‘ रिलायन्स् फाइनान्ससँगै हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ’ ।

सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाइल बैंकिङ र मोबाइल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो ।

नेपालका ९५ प्रतिशतभन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंकमार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मोबाइल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।

रिलायन्स् फाइनान्स  लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्रबैंकबाट अनु्मति प्राप्त ‘सी’ बर्गको वित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४ औँ फाइनान्स कम्पनीका रूपमा सुरू भएको थियो ।

विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबाइल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।