आइएमई जनरल इन्स्योरेन्सको व्यवसाय विस्तारले खुद नाफामा ४५ प्रतिशतको बढोत्तरी

0
Shares

आइएमई जनरल इन्स्योरेन्सले फराकिलो अन्तरले व्यवसाय सुधारिएको वित्तीय विवरण निकालेको छ। व्यवसाय विस्तारसँगै कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०७६।७७ मा ४५.४४ प्रतिशतले खुद नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षमाकम्पनीले २१ करोड २ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा १४ करोड ४५ लाख ६० हजार नाफा कमाएको यस कम्पनीको नाफा ६ करोड ५६ लाख ९५ हजार रुपैयाँले सुधारिएको हो।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको समाप्ती सम्ममा ५१ करोड ५५ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४७ करोड ५७लाख९१हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क ८.३५ प्रतिशतले बढेको हो ।

यसरी व्यवसाय बढ्दा कम्पनीको खुद नाफामा वृद्धि भई प्रतिशेयर आम्दानी पनि बढेको छ। इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी१९.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीको इपिएस १४.१६ रुपैयाँ रहेको थियो ।
चुक्तापूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषको आकार १६ करोड ५७ लाख ४४ हजार बाट ४ करोड ३८ लाख ९२ हजार

बढेर २० करोड ९६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १५२.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.५८ गुणा छ ।

गत आवमा कम्पनीले ३४ करोड ५९ लाख दीर्घकालीन लगानी तथा कर्जा र १ अर्ब ३३ करोड ४२ लाख अल्पकालीन लगानी तथा कर्जा प्रवा गरेको छ। लगानी कर्जा तथा अन्य शीर्षकबाट इन्स्योरेन्सले ५ करोड ८ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ भने पुनरबीमा कमिशन आयबाट १९ करोड ३३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।