माथिल्लो तामाकोशी लक्षित समयमा पूरा नहुने, झण्डै ७ करोड नोक्सानीमा

0
Shares

विद्युत उत्पादन सुरु नगरेको अपर तामाकोशी हाइड्रोपावर गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ९४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी करिब ५ करोड ३१ नोक्सानीमा थियो ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीको आयोजना सम्पन्न हुने समय लम्बिदा विद्युत बिक्री बाट आम्दानी गर्न सकेको छैन ।

आयोजना निमार्णको अवधि र लागत बढ्दै जाँदा, निर्माण अवधिको ब्याज, डलर सटहीदर तथा भविष्यमा अन्यखर्चहरु बढ्ने तर बिजुली बिक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा घट्न जाने कम्पनीको भनाई छ ।

आयोजनाले ०७७ कात्तिकदेखि  बिजुली उत्पादन थाली ०७७ माघसम्म सम्पूर्ण निमार्णकार्य सक्ने लक्ष्य राखेको छ । तर हाल कायम कोरोना महामाहारीका कारण विदेशी परामर्श नेपाल आउन समस्या भएको, ढुवानीमा भएको समस्या लगायतले निर्धारित समयमा आयोजना पुरा हुनेमा चुनौति देखिएको आयोजनाले जनाएको छ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको ३४ अर्ब ५० करोड रुपैयाँ दीर्घकालीन ऋण छ। यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत २५ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६६ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ३२ पैसा छ।  

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।