नेशनल लाइफले घोषणा गर्यो अघिल्लो आर्थिक वर्षको लाभांश

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को लाभांश घोषणा गरेको छ ।

गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट १७।५ प्रतिशत कूल लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत नगद लाभांश तथा २.५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश प्रस्तावसँगै बीमाङ्कीय मूल्याङ्कनपछि अन्तिम वित्तीय विवरण स्वीकृतिको लागि बीमा समितिमा पेश गरेको जनाएको छ ।

कम्पनीले आगामी साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने गरी १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

तीन अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ४६ करोड २३ लाख ९३ हजार ९८३ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ भने बोनस शेयरमा लाग्ने कर नगद लाभांशबाटै कट्टा गर्ने जनाएको छ ।

बोनश शेयर पछि कूल चुक्ता पूँजी तीन अर्ब १५ करोड ९६ लाख ९२ हजार ६५७ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।