लकडाउनको मारमा युनिलिभर, आम्दानी खस्केपछि नाफा ७१ करोडले घट्यो

0
Shares

कोरोना महामारी नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि युनिलिभरको व्यापार खस्केपछि नाफामा उच्चदरले घटेको छ ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा आर्थिक वर्ष ०७६/०७७ मा ६६.६४ प्रतिशतले घटेको छ । 

कम्पनीले आव ०७६/०७७ को जम्मा ३५ करोड ५४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । जबकि अघिल्लो आव ०७५/०७६ मा १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा ७१ करोडले रुपैयाँले घटेको हो।

लकडाउनको कारण गत वर्षको चौथो त्रैमासमा कम्पनीले ५ करोड २० लाख घाटा व्योहोरेको छ । जबकि अघिल्लो आवको चौथो त्रैमासमा १३ करोड ७७ लाख नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २० करोड ६९ लाख रुपैयाँ घटेर ५ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६० करोड ३९ लाख रुपैयाँ घटेको छ । कुल खर्च १९ करोड २५ लाख रुपैयाँ बढको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १ हजार १५९ रुपैंयाँबाट घटेर ३८६ रुपैयाँ सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि २ हजार ५ सय २६ रुपैयाँबाट घटेर १४२ रुपैयाँमा झरेको छ ।

९ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ८७ करोड रुपैयाँ छ । सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ हजार ६ सय हाराहारी छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४८.७० गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।