कोरोना रोकथाम कोषमा तीन वाणिज्य बैंक र एक लघुवित्तको १३ करोड सहयोग

0
Shares

सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आइतबार तीन वाणिज्य बैंक र एक लघुवित्त कम्पनीले १३ करोड २६ लाख ६१ हजार ३४९ रुपैयाँ सहयोग प्रदान गरेका छन्।

आज नबिल बैंक ६ करोड, कृषि विकास बैंक ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ६९ लाख ९३ हजार १४५ रुपैयाँ र डिप्रोक्स लघुवित वित्तीय संस्थाले ४६ लाख ५८ हजार १२९ रुपैयाँ सहयोग अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन्।

मौद्रिक नीति, २०७७।७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६।७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो। सोही अनुरुप उक्त रकम सहयोग हस्तान्तरण गरिएको हो।

कोषमा यसअघि पनि नेपाल बैंकले ३ करोड ४६ लाख, सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९२९ रुपैयाँ, प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २३८ रुपैयाँ र सनराईज बैंकले ७९ करोड ४४ लाख ४७६ रुपैयाँ प्रदान गरेको थियो।

यससँगै कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा हालसम्म ८ बैंक तथा वित्तीय संस्थाबाट २१ करोड ५८ लाख ५१ हजार ९९२ रुपैयाँ सहयोग प्राप्त भएको छ।