नागरिक लगानी कोषको बोनस सूचीकृत

0
Shares

नागरिक लगानी कोष (CIT) को बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेमा २९ लाख ५८ हजार ७१३ दशमलव ६५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बोनस शेयर सूचीकृत भएसँगै नागरिक लगानी कोषको धितोपत्रको दोस्रो बजारमा उक्त बोनस शेयर कारोबार गर्न मिल्नेछ।

नागरिक लगानी कोषको अघिल्लो आर्थिक वर्षको नाफाबाट २२ प्रतिशत बोनस र बोनस शेयरको कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कोषको नयाँ भवन परिसर, नयाँ बानेश्वरमा असार २० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको थियो।

सभाले २२ प्रतिशत बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको थियो।

साधारण सभाका लागि बुकक्लोज मितिसम्म कायम रहेका शेयरधनीले मात्र बोनस पाउनेछन्। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १० गते बुकक्लोज गरेको हो। यसअनुसार असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३२ साउन २०७७, आइतबार  १८ : ४० बजे