बैंकर्स संघको आग्रह : घरबाटै कारोबार गरौं, आफू र अरुलाई सुरक्षित राखौं

0
Shares

नेपाल बैंकर्स संघले सम्भव भएसम्मका बैकिंङ सेवा डिजिटिल माध्यमबाट उपभोग गर्न समस्त ग्राहकलाई आग्रह गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनीकरणका लागि बैंकिङ्ग कारोबार गर्दा ध्यान दिन सुझाब दिएको छ ।

संघले डिजिटल बैंकिङ्ग (मोबाइल/इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायजसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरेको छ ।

एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग गर्न पनि संघले अनुरोधन गरेको छ

साथै संघले डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गरि सहयोग लिन भनेको छ ।

ग्राहकले आफ्नो खाता वा खातावाट भएको कारोबारको सिलसिलामा कुनै पनि जानकारी वा प्रश्न भएमा समेत सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न सकिने र अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिनुहुन समस्त ग्राहकहरुमा अनुरोध गरेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।