सगरमाथा इन्स्योरेन्सको भदौ १३ गते साधारण सभा आह्वान, मर्जरमा जाने प्रस्ताव पारित गर्दै

0
Shares

सगरमाथा इन्स्योरेन्स (SIC) ले भदौ १३ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मर्जर र एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको साधारण सभामा निर्जीवन कम्पनीहरुसंग मर्जर र एक्विजिसन प्रक्रिया अघि बढाउने विशेष प्रस्ताव लैजाने भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५।७६ को नाफा–नोक्सानको हिसाब सहितको वित्तीय विवरण पारित गर्नेछ ।

कम्पनीले यसअघि नै आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । कम्पनीले मुनाफा गरेको भए पनि एनएफआरएसमा बाँडफाँडका लागि योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सभाले कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससंग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।