समृद्धि फाइनान्स कम्पनी लिमिटेडले एक बराबर २ अनुपात अर्थात हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न भदौ २ गते अनुमति दिएको हो ।
उक्त कम्पनीले हकप्रद विक्रीको अनुमति माग्दै गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । फाइनान्सको हकप्रद शेयरको विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार रहेको छ । हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ५४ करोड ५९ लाख ४० हजार पुग्नेछ ।
विसं २०७६ साल साउन १५ गते समस्याग्रस्त संस्थाबाट फुकुवा भएको उक्त फाइनान्सले आफ्नो व्यवसाय विस्तारमा जोड दिदैं गएको छ ।
गत आर्थिक वर्ष ०७६/०७७ मा फाइनान्सले ३ करोड ३८ लाख ८३ हजार खुद नाफा गरेको छ । कम्पनीको वितरणयोग्य नाफा २ करोड ६६ लाख ५ हजार छ । जसको प्रतिशेयर आम्दानी १८.६२ रुपैयाँ छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया