नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, थप ८३८ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, थप ८३८ जनामा संक्रमण

नेपालमा पछिल्लौ एक दिनमा ८३८ जना कोरोना संक्रमित थपिएका छन्। । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएकोमा २९२ महिला र ५४६ पुरुष गरी ८३८ जनामा संक्रमित थपिएका हुन्। ।

पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका हुन्।

हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनामा पीसीआर परीक्षण गरिएको गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १३३ जना आईसीयूमा उपचारत रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ। सोमध्ये १ जना महिला हुन् भने १० जना पुरुष हुन्।

यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ भदौ २०७७, शुक्रबार १६ : ३५ बजे