समाज लघुवित्तको साधारण शेयरमा ३ लाखले दिए आवेदन

0
Shares

समाज लघुवित्तले बिहिबारदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयरमा शुक्रबार साँझ सम्ममा २ लाख ९३ हजार ५८ आवेदनबाट ६३ लाख ८९ हजार ५२० कित्ता माग आवेदन परेको छ । यो आवेदन रकम संस्थाको निष्काशीत रकमको तुलनामा ७९ गुणाले धेरै हो ।

संस्थाको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल रहेको छ । लघुवित्तले विहीबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यो मध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको शेयरमा आगामी आगामी सोमबारसम्म आवेदन दिन सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ भदौ २०७७, शुक्रबार  १९ : ०४ बजे