शनिबार ६३४ कोरोना संक्रमित थपिए,९ जनाको ज्यान गयो, १३६ निको भए

शनिबार ६३४ कोरोना संक्रमित थपिए,९ जनाको ज्यान गयो, १३६ निको भए

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२, ५१९ स्वाब परीक्षण गर्दा १८२ महिला र ४५२ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।  

शनिबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २१६ जना छन् । तीमध्ये काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जना हुन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १२ हजार ६२१ रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुने १३६ जना छन् । हालसम्म देशभरमा कोरोना मुक्त हुनेको कुल संख्या १८ हजार ३५० रहेको छ ।

नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै अहिलेसम्म कुल १४६ जना कोभिड १९ संक्रमितहरुले ज्यान गुमाइसकेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ भदौ २०७७, शनिबार १६ : २९ बजे