मूल्य वृद्धि नियन्त्रणमा सरकार असफल, गत आर्थिक वर्षमा लक्ष्य भन्दा माथि

मूल्य वृद्धि नियन्त्रणमा सरकार असफल, गत आर्थिक वर्षमा लक्ष्य भन्दा माथि

गत आर्थिक वर्षमा सरकारले तोके भन्दा बढी मूल्य वृद्धि भएको छ । गत आवमा मूल्य वृद्धि ६.१५ प्रतिशत छ । सरकारले गत आवमा मूल्य वृद्धि ६ प्रतिशतको सीमा भित्र राख्ने लक्ष्य राखेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०७७ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ६.०२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ८.१६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३.०९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.८६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५.०० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।

२०७७ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.७८ प्रतिशत र सन् २०२० को जुलाईमा भारतमा ६.९३ प्रतिशत रहेको छ ।

२०७७ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो ।

२०७७ असारमा वार्षिक बिन्दुगत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ७.४८ प्रतिशतले वृद्धि भएको छ । २०७६ असारमा उक्त सूचकाङ्क ९.१० प्रतिशतले वृद्धि भएको थियो । तलब सूचकाङ्कको वृद्धिदर १३.५५ प्रतिशत र ज्यालादर सूचकाङ्कको वृद्धिदर ५.८५ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ भदौ २०७७, सोमबार १८ : २७ बजे