नेपालमा कोरोना संक्रमणबाट बिहीबार थप १ वृद्धाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ की ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार ११ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
दुबै फोक्सोमा निमोनिया भएपछि ती वृद्धालाई भाद्र ३ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज अस्पतालमा भदौ ३ गते भर्ना भएकोमा भदौ ५ गते कोरोना पोजेटिभ आएको थियो।
उनको स्वास्थ्य अवस्था बिग्रदैँ गएपछि भाद्र ६ गते राती १० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरि भेन्टिलेटरमा उपचाररत भएकोमा बिरामीको स्वास्थ्य अवस्था सुधार नआएपछि आज बिहान ११ बजेर ३० मिनेटमा मृत्यु भएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए।
यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
प्रतिक्रिया