समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेदेखि निष्कासन गरेको आईपीओ भदौ १३ गते शनिबार बाँडफाँड गरिने भएको छ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपीओमा प्राप्त आवेदनहरु भेरिफाइ गर्ने कार्य सम्पन्न भएको जानकारी दिँदै शुक्रबार प्रि अलोटमेन्ट गरेर शनिबार बाँडफाँड गरिने जनाएको छ ।
लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता शेयरका लागि ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ता शेयर माग गरेका छन् । जुन निष्कासनको १४८.९० गुणा बढी हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा लघुवित्तको शेयर ५ लाख ५८ हजार ४०३ आवेदकले नपाउने निश्चित छ । गोलाप्रथाबाट बाँडफाँड हुने उक्त शेयर भाग्यमानी ८ हजार ७० जना लगानीकर्ताले १० कित्ता दरले प्राप्त गर्नेछन् ।
लघुवित्तले १०० अंकित मूल्यका कुल ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। सर्वसाधारणलाई ८० हजार ७०० कित्ता बाँडफाँड हुनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया