उपत्यकामा ३ सहित कोरोनाका कारण एकैदिन १४ जनाको निधन

0
Shares

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण उपत्याकामा तीन सहित थप १४ जनाको निधन भएको छ ।

यससँगै नेपालमा संक्रमणका कारण निधन हुनेको कुल संख्या २२१ पुगेको छ ।

निधन हुने चार जना महिला तथा १० जना पुरूषहरू रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार सुनसरीकी ७४, बाराकी ४७, महोत्तरीकी ६२ र काठमाडौँकी ७२ वर्षीया गरी ४ जना महिलाको संक्रमणबाट निधन भएको हो।

त्यस्तै सुनसरीका ६०, मोरङका ६२, महोत्तरीका ७० र ३५ रौतहटका ३०, ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको छ।  त्यस्तै भक्तपुरका ६५ नवलपरासीका र ६२ रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ भदौ २०७७, आइतबार  १६ : ४६ बजे