समाज लघुवित्तको आइपीओ भाग्यमानी ८ हजार ७० आवेदकले पाए

0
Shares

समाज लघुवित्त वित्तीय संस्था (SAMAJ) को आइपिओ सोमबार बाँडफाँड भएको छ । लघुवित्तको आईपीओ ८ हजार ७० जना आवेदकले १० कित्ताको दरले पाएका छन् ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदन परेको थियो । जसमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खाली भएको छ। ५ सय वटा आवेदन रद्द भएको छ ।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये लघुवित्तले १ हजार कित्ता संस्थाका कर्मचारीहरूका लागि तथा ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणलाई बाँडेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।