नेप्से बुधबार मात्र खुल्ने, इन्द्रजात्राको विदा भएपछि आज बन्द

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार विदा गरिएको छ । मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा पर्वको अवसरमा सरकारले उपत्यकामा आज सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द भएको हो ।

यससँगै अब नेप्सेमा भदौ १७ गते बुधबारदेखि शेयर कारोबार खुल्नेछ । भदौ १५ गते सोमबार नेप्से २२.३१ अंकले बढेर १४८४.९९ बिन्दुमा बन्द भएको छ । अब बुधबार यहि बिन्दुबाट शेयर कारोबार सुचारु हुनेछ ।

सोमबार ७७ लाख ६३ हजार कित्ता शेयर ३ अर्ब ४६ करोडमा कारोबार भएको थियो भने आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यस दिन अन्य उपसमूहको सूचक ४ प्रतिशतले बढ्दा जलविद्युत, निर्जीबन बीमा, उत्पादन उपसमूहको सूचक ३ प्रतिशत धेरैले बढेको छ ।

वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व मनाइन्छ । जहाँ देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ ।

कोरोना संक्रमणका कारण यस वर्ष उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएकाले यो वर्ष इन्द्रजात्राको उल्लास छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भदौ २०७७, मंगलबार  ११ : ३४ बजे