नेपाल चिकित्सक संघ र आस्क फाउण्डेसनबीच कोभिड रोकथाम तथा उपचारका लागि निःशुल्क परामर्श सेवा उपलब्ध गराउने बारे सहमति भएको छ ।
सम्झौता अनुसार आस्क फाउण्डेसनले नेपाल चिकित्सक संघका आजीवन सदस्यहरुलाई कोभिड रोकथाम तथा उपचारका लागि टेलिमेडिसिन र वेविनार मार्फत निःशुल्क परामर्श सेवा उपलब्ध गराउने भएको छ ।
उक्त सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्की र आस्क फाउण्डेसनको तर्फबाट डा। प्रभात अधिकारीले हस्ताक्षर गरेका छन् ।
फाउण्डेसनले देशभर संघका आजीवन सदस्यहरुलाई आइशोलेसन सेन्टर वा घरमै आइसोलेशनमा रहेको अवस्थामा कोभिड रोकथाम तथा उपचारका लागि टेलिमेडिसिन र वेविनार मार्फत, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक समस्याहरुका सम्बन्धमा निःशुल्क परामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।
आस्क फाउण्डेसनमा एक दर्जन भन्दा धेरै व्यवसायिक चिकित्सक संलग्न रहेका छन । फाउण्डेसनलाई डाँफे केयरले प्रावधिक सहयोग उपलब्ध गराउदै आएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया