नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलको मूल्यमा लिटरमा दुई रुपैयाँ मूल्य बढाएको छ । यससँगै अब पेट्रोलको मूल्य लिटरको १०७ रुपैयाँ पुगेको छ ।
नेपाल आयल निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । यसअघि साउन ३२ गते डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य बढाइएको थियो ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएका कारण पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया