एनआइसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डले तोके लाभांशका लागि बुकक्लोज

0
Shares

एनआइसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्सड् फण्डले गत आर्थिक वर्षको नगद लाभांश वितरण गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तय गरेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हुन। जस अनुसार भाद्र २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन ।

आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई कर सहित १२ प्रतिशत तथा एनआइसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा क्यापिटले यसअघि नै गरिसकेको छ ।

क्यापिटलले ग्रोथ फण्डका इकाईधनीहरूलाई १० करोढ २ लाख तथा ब्यालेन्सड् फण्डका इकाईधनीहरूलाई ६ करोड ४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।