किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटनका लागि ग्लोकल टिन हिरो नेपाल भर्चुअली आयोजना गरिदै

0
Shares

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उदेश्यले ‘वाई वाई ग्लोकल टिन हिरो’ आयोजना हुने भएको छ ।

ग्लोकल प्रा.लीले भदौ १६ गतेदेखि ग्लोकल टीन हीरो नेपाल, २०२० को आवेदन खुलेको घोषणा गरेको छ । यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने उदेश्यले ‘वाई वाई ग्लोकल टिन हिरो’ आयोजना गर्न लागिएको हो। डिसेम्बर १२ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ ।

ग्लोकल प्रा ली का संस्थापक आशिष ठाकुर भन्छन “ महामारीको बीचमा, यस बर्षको ग्लोकल टीन हीरो कार्यक्रम डिजिटल भइरहेको छ । कार्यक्रमको गति राख्दै र डिजिटल प्रबिधी को उपयोग सगै किशोर किशोरिहरुको प्रतिभा प्रस्फुट्न एवम उनिहरुको उपलब्धिहरू पहिचान गर्न यसले महत्वपूर्ण भूमिका निर्बाहा गर्नेछ ।”

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट एकजना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ७५ जनालाई सम्मानित गरिएको छ ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।

ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन घोषणा

ग्लोकलले सेप्टेम्बर १ कै दिन ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलनको पनि घोषणा गरेको छ । राष्ट्रिय विकासका बाधाहरु र संसारका विभिन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गर्न लागिएको हो । ।

यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको अन्लाईन उपस्थिती रहनछ्रे । यसबर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण हुनेछ र देश तथा बिदेशका किशोर किशोरिहरुको एकै मन्चमा उपस्थित हुनेछन । उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ ।

उक्त कार्यक्रम पनि अन्लाईन नै सन्चालन गरिनेछ र यस कार्यक्रमको आवेदन खोलिएको घोषणापनी पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो । अन्लाईन

आवेदन https://gitc.glocalteenhero.com/ र मार्फत निशुल्क भर्न सकिन्छ ।