उपत्यकामा निषेधाज्ञा भदौ २४ गतेसम्म थप, केही सहज बनाउने निर्णय

0
Shares

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।

गृहमन्त्रालयले उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफल पछि आगामी भदौ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि तीनै जिल्लाका प्रजिअहरुले गत भदौ ३ गते बुधवारबाट १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेका थिए । भने भदौ १० बाट आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको छ । 

यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ। निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका थिए।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।