उपत्यकामा ४४५ जना सहित देशभर थप १ हजार २२८ मा संक्रमण पुष्टि

0
Shares

बिहीबार उपत्यकामा थप ४४५ जना सहित देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । काठमाडौं उपत्यकामा बुधबार भने ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै नेपालमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । हालसम्म कुल ७ लाख ३१ हजार ८५२ वटा परीक्षण भइसकेको छ । ६ लाख ८८ हजार ९७५ वटा परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

संक्रमणबाट थप ६ जनाको निधन

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोभिड १९ संक्रमणबाट निधन भएको छ। ४ महिला र २ पुरुषको निधन भएको हो ।

बिहीबार थपिएका ६ सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाटै कुल २५७ जनाले ज्यान गुमाएका छन् । कूल संक्रमित संख्याको ०.६ प्रतिशत व्यक्तिको निधन भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भदौ २०७७, बिहीबार  १६ : ३५ बजे