वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय

0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भर्खरै सम्पन्न सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीभित्र अर्थमन्त्री युवराज खतिवडाको निरन्तरता वा गौतमको नाम सिफारिस गर्ने भन्ने विषयमा चर्को बहसका बीचमा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।