मन्त्रिपरिषद पुनर्गठन बिचौलिया र सरकार बिरोधीको हल्ला : प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने प्रष्ट पार्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई रफ्तारका साथ काम गर्न निर्देशन दिँदै यस्तो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन हुने भन्ने बिचौलिया र सरकार बिरोधीको हल्लामा नलागी रफ्तारका साथ आफ्नो मन्त्रालयको रफ्तारमा काम गर्न मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले मन्त्री फेरिने विषयमा भन्दा मन्त्रालयको काममा तनाव लिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनको क्रममा उहाँले कसैले हल्ला चलाएको भरमा मन्त्रिपरिषद हेरफेर हुने बिषय नभएको भन्दै कुनै भ्रममा नपर्न मन्त्रीहरुलाई सुझाव दिएको एक मन्त्रीले नोटबजारलाई बताए ।

सत्तारुढ नेकपामा नेतृत्व विवाद चर्कदै गर्दा मन्त्रिपरिषद नै पुनर्गठन हुने चर्चा चलाइएको थियो । केही दिनयता बिभिन्न नेताको नामै तोकेर मन्त्रालयको नेतृत्व गर्न लागेको र मन्त्रीहरुको नामै किटेर हटाइन लागेको भन्दै फेक समाचार आइरहेको थियो । प्रधानमन्त्री ओलीले यस्ता अफवाह चलिरहेकै बिषय भन्दै दृढताका साथ काम गर्न निर्देशन दिनुभएको हो ।

आजको बैठकमा प्रधानमन्त्रीसहित सवै मन्त्रीहरुले नेपालको अर्थतन्त्र सुधारका लागि उल्लेखनीय काम गरेको र सफल अर्थमन्त्रीका रुपमा बिदाई हुन सफल भएको भन्दै खतिवडालाई बधाई दिनुभएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।