महिला लघुवित्तको ४ करोडको साधारण शेयर एसबिआई मर्चेण्टले बिक्री गर्ने

0
Shares

महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लघुवित्तले प्रति शेयर एक सय रुपैयाँ अंकित दरमा ४ करोड रुपैयाँ बराबरको चार लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) गर्न लागेको हो ।

निष्काशन तथा बिक्री सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

हाल लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रहेको छ। संस्थाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस वितरण गरेको थियो । आइपीओ पछि चुक्ता पूँजी १७ करोड नाघ्नेछ ।

२०७५ कार्तिक १ गतेदेखि वित्तीय कारोबार सुरु गरेको यस लघुवित्तले हाल ३४ वटा शाखा कार्यालय मार्फत २१ जिल्लाहरुमा आफ्नो वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।