सरकारी राजस्व कारोबार गर्ने बैंकका शाखा तीन दिन खुला गर्न निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले सरकारी राजस्व संकलनको काम गर्ने बैंक वित्तीय संस्थालाई मंगलबार देखि बिहीबारसम्मका तीन दिन शाखा खुला राख्न निर्देशन दिएको छ ।

सरकारको राजस्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पुर्ण राजस्व संकलन गर्ने शाखा/काउन्टरहरु खुला राख्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

त्यसका साथै बैंक वित्तीय संस्थाका क्लियरिङ्ग सम्बन्धी काम गर्ने काउन्टर र नेपाल क्लियरिङ्ग हाउस खुला गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएका छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।