संस्थापक शेयर धितोबन्धक वा बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति अनिवार्य

0
Shares

नेपाल राष्ट्र बैंकले संस्थापक शेयर धितोबन्धक वा बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७६ मा संशोधन गर्दे यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकका अनुसार कुनै पनि इजाजतपत्र प्राप्त संस्थाको २ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीले राष्ट्र बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको शेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

धितोबन्धक राख्न वा बिक्री गर्न स्वीकृति माग गर्दा जुन संस्थाको शेयर धितो राखिने हो सो संस्थाले निजको शेयर स्वामित्व तथा धितो रहे नरहेको विवरण समेत पेश गरी स्वीकृति माग गर्नु पर्ने व्यवस्था गरेको छ ।

साथै राष्ट्र बैंकले संस्थापक सेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनरसंरचना र पुनरतालिकीकरण गर्न नपाइने व्यवस्था गरेको छ।

तर, ०.५ प्रतिशतसम्म संस्थापक शेयर स्वामित्व रहेका संस्थापकले शेयर धितो राखी कर्जा उपयोग गरिरहेको भएमा कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न बाधा नपर्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।