कोरोना प्रभावितलाई दिने चालु पूँजी कर्जाको समय सीमा हट्यो

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण चालु पूँजी समस्या परेका उद्योग व्यवसयालाई दिइने थप कर्जाको समय सीमा हटाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ संशोधन गर्दै विगतमा रहेको एक वर्षको समय सीमा हटाएको हो ।

कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई सुचारु तथा सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता र उद्योग÷ व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम कर्जाको सीमामा एक पटकको लागि चालु पूँजी कर्जा उपयोग गरेका ऋणीको हकमा चालु पूँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र चालु पूँजी कर्जा उपयोग नगरेका ऋणीको हकमा आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ ।

तर, कोभिड–१९ बाट अति प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणी आदिको विश्लेषण गरी २० प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पु¥याएको नमानिने उल्लेख छ ।

कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको आदिको विश्लेषण गरी तोकिएको प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस्तो कर्जाको भुक्तानी अवधि बढीमा एक वर्षको हुने व्यवस्था थियो । अहिलेको एकीकृत निर्देशन मार्फत यो समय सीमालाई हटाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।