कोभिड प्रभावितको कर्जा निवेदन प्राप्त भएको ७ दिनभित्र स्वीकृत गर्नुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितलाई निवेदन प्राप्त भएको ७ दिनभित्र कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ संशोधन गर्दै समस्यामा परेर बैंक तथा वित्तीय संस्थामा कर्जाको निवेदन ७ दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा समेत सोको स्पष्ट कारण उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।

यसैगरी इजाजतपत्रप्राप्त संस्थाले १५ लाखसम्मको कृषि, उद्यम, हस्तकला तथा सीपमुलक व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्नेछ ।

यस्तो कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् ।

यस्तै परियोजना विश्लेषण गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तय गरेको मोराटोरियम अवधि अथवा त्यस्तो परियोजनाबाट विद्युत उत्पादन भई प्रसारण लाइनमा जोडिएको तीन महिना मध्ये जुन पछि हुन्छ सो मिति पछि किस्ता भुक्तानी गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।