नेपालमा गत २४ घण्टामा देशभर १ हजार २४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो सँगै देशभरमा कोभिड-१९ पुष्टि हुनेको कूल संख्या ५० हजार ४६५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पे्रस बिफ्रिङ्गमा प्रवक्ता डा. जागेश्वश्वर गौतमले दिएको जानकारी अनुसार बिहीबार मात्रै उपत्यकामा ५७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४९५ जना, ललितपुरका ४३ जना र भक्तपुरमा ३४ जना थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ११ हजार १४४ वटा पीसीआर परीक्षण गरिएको छ । हालसम्म कूल ८ लाख १० हजार ४८५ वटा पीसीआर परीक्षण सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १४ हजार ४४८ जना रहेको छ । जसमध्ये ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै क्वारेन्टीनमा रहेकाको संख्या ५ हजार ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई पराजित गरी निको भएर घर फर्कनेको संख्या १ हजार ८१८ जना छन्। हालसम्म ३५ हजार ७०० जनाले कोरोना संक्रमण जितेर कोरोना मुक्त भइसकेका छन् ।
थप पाँचको मृत्यु, कूल संख्या ३१७ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरमा थप पाँच जनाले कोभिड १९ संक्रमणका कारण ज्यान गुमाएका छन्। बिहीबारको पाँच सहित हालसम्म यस संक्रमबाट ३१७ जनाको मृत्यु भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया