नयाँ हुण्डाई ‘औरा’ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३३ लाख ९६ हजार

0
Shares

नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले नयाँ हुण्डाई ‘औरा’ नेपालमा सार्वजनिक गरेको छ । यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तीशाली र सुबिधा युक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीको दाबी छ ।

नयाँ हुण्डाई औरा को अनावरण कार्यक्रममा रूपेश शर्मा भट्ट, जीएम, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिमिटेडले भने, “सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र येहि समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ । यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न को लागी सक्षम भएको छ र हामी निश्चित छौं, यस नयाँ हुण्डाई औराले पनि यस लेगसीलाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदान गर्नेछ ।”

नयाँ हुण्डाई औरा एक आकर्षक सेडानको निम्ती विकसित गरीएको हो ,जुन हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाईन एक उत्कृष्ट नमुना बनेको छ जस्ले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’ मा बनेको छ ।

नयाँ हुँण्डाई औराको उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । हुँण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएका छन जुन हुँण्डाई औराको आराम्दायी सुबिधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाईल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको कम्पनीको भनाई छ ।

हुण्डार्ई औरा चार विभिन्न कलर भेरियन्ट, फायरी रेड, टाइटन ग्रे, टाइफुन सिल्भर र पोलार ह्वाइटमा उपलब्ध छ जस्को सुरुवाती मुल्य ३३ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ ।

नेपाली ग्राहकको लागी हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडमा पर्छ। हुण्डाईले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।