हिमालय एअरलाइन्सले पायो ‘आईएसओ ९००१–२०१५’ प्रमाणीकरण

0
Shares

नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको छ।

यस प्रमाणीकरणले कम्पनीकोे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जिनियरिङ्ग सेवा प्रदान गर्नसक्ने दक्षता पुष्टि गर्ने एअरलाइन्सले जनाएको छ।

आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ)द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यताप्राप्त गुणस्तर हो। यसले एक प्रभावकारी गुणस्तर प्रणालीमार्फत उत्पादन र सेवाहरुले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न सुनिश्चित गर्ने एअरलाइन्सको भनाइ छ।


कम्पनीको आईएसओ ९००१–२०१५ मान्यतामा काम गर्ने प्रतिबद्धताले ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरु निरन्तर प्रदान गर्नसक्ने क्षमतालाई प्रदर्शन गर्दछ। आईएसओ ९००१–२०१५ अनुरुपबन्न एअरलाइन्स्ले व्यापककम्पनी अडिटलाई अंगिकार गरेकोे छ जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिकमुल्याङ्कन र नन् –कन्फर्मेन्सको निकासी समावेश थियो।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यो वास्तवमै हिमालय टिमका लागि एक उपलब्धि भएको बताए। यसले कम्पनीका ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गरेको उनको भनाइ छ।

‘आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित भई निर्मित छ जसमाग्राहकहरुलाई केन्द्रित गरी सेवा पु¥याउने, उच्चस्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ’, उनले भने, ‘आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा हाम्राग्राहकहरुले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्धत गर्नेछ, जसले एअरलाइन्समा धेरै व्यावसायिक लाभहरु ल्याउनेछ ।”

प्रमाणीकरणपश्चात् एअरलाइन्स्ले हालसालै गतमहिनामलेशियन एअरलाइन्स् बरहाड ९एमएच० सँग सम्झौता गरेको छ। मलेसियन एअरलाइन्स एअरफ्रेम र इन्जिनसँग सम्बन्धितलाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित छ।

यस सहकार्यको साथ अब हिमालय एअरलाइन्सलाई स्टेसन स्थापनाका लागि सुसज्जित भएको र वर्कशप क्षमताको वृद्धिसँगै अन्य एअरलाइन्सबाट आयआर्जन गर्न इन्जिनियरिङ्ग व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिने कम्पनीको भनाइ छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।