आइतबार शेयर बजार खुलेको केही समय बित्न नपाउँदै नेप्से कारोबार व्यवस्थापन प्रणालीमा समस्या देखिएको छ । कारोबार प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ ।
समस्या समाधानका लागि प्रयास भईरहेको जनाएको नेप्सेले कति मसयमा कारोबार सुचारु हुन्छ भन्ने यकिन गरेको छैन ।
गत साताको बिहीबार पनि नेप्सेको नट्समा देखिएको समस्याका कारण टीएमएस र नट्सबीचको सम्पर्क डाउन हुँदा कारोबारमा समस्या आएको थियो । बिहीबार दुई घण्टा कारोबार अवरुद्ध भएपछि साँझ ५ बजेसम्म कारोबार गराइएको थियो ।
प्रणालीमा हरेक दिनजसो प्राविधिक समस्या आउन थालेपछि हाल अनलाईन कारोबार गरिरहेका लगानीकर्ता तथा ब्रोकर कम्पनीहरु समेत आजित बनेका छन् ।
प्रतिक्रिया