सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ।
अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने सरकारले बताएको छ।
रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।
यसअघि सुरुमा पीसीआर परीक्षणको शुल्क ५,५०० रुपैयाँ तोकिएको थियो । त्यसपछि उक्त शुल्कलाई पनि घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।
अब भने दुई हजार रुपैयाँमै पीसीआर परीक्षण हुने सरकारले बताएको छ ।
पीसीआर परीक्षणबाट कोरोना संक्रमण भए/नभएको थाहा हुन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया