गत बिहीबारको शेयर कारोबारको राफसाफ स्थगित

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत बिहीबार भएको शेयर कारोबारको राफासाफ स्थगित गर्न निर्देशन दिएको छ ।

सिडिएससीले सोमबार एक सूचना जारी गर्दै गत बिहीबार भएको सबै शेयर कारोबारको राफासाफ अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जनाएको छ।

नेप्सेले बिहीबार भएको कारोबारको राफसाफ रोक्न सिडिएससीलाई निर्देशन दिएपछि सिडिएससीले सूचना जारी गरेको हो ।

बिहीबारको कारोबार आज राफफास हुनुपर्ने थियो ।

नेप्सेले गत बिहीबारको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा प्राविधिक समस्या देखिएकाले राफसाफ स्थगित गर्न निर्देशन दिएको हो ।

बिहीबार टिएमएसमा आएको समस्याका दुई घण्टा कारोबार अवरुद्ध भएपछि साँझ ५ बजेसम्म कारोबार गराइएको थियो । उक्त दिन २ अर्ब २० करोड बराबरको शेयर किनबेच भएको थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २९ भदौ २०७७, सोमबार  १४ : ०६ बजे